You are viewing the translated version of लेबल नलगाई उत्पादन तथा बिक्री वितरण गर्न नहुने.

Section 19
लेबल नलगाई उत्पादन तथा बिक्री वितरण गर्न नहुने


(१) प्याकेजिङ्ग गरिएको खाद्य पदार्थमा लेबल नलगाई उत्पादन तथा बिक्री वितरण गर्नु वा गराउनु हुँदैन।

(२) प्याकेजिङ्ग गरिएको खाद्य पदार्थको लेबलमा
देहायका विवरण उल्लेख गर्नु पर्नेछ:-

(क) खाब्य पदार्थको नाम, उत्पादकको नाम र ठेगाना,

(ख) खाच्च पदार्थको सम्मिश्रण,

(ग) वस्तुको तौल वा आयतन, बिक्री मूल्य, व्याच नम्बर र उत्पादन मिति,

(घ) ८ निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने वस्तु भए त्यस्तो अवधि,

(ङ) कुनै खास अवस्थाका उपभोक्ताको स्वास्थ्यलाई हानि पुग्याउने खालका खाद्य पदार्थको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिह्वृको प्रयोग, र

(च) तोकिएको खाद्य पदार्थमा पोषणको मात्रा सम्बन्धी विवरण ।

(३) उपदफा (२) बमोजिम लेबलमा उल्लेख गर्नु पर्न विवरण सर्वसाधारणले बुझ्ने गरी नेपालभित्र उत्पादन भएका खाद्य पदार्थ भए उत्पादक तथा प्रशोधनकर्ताले र्‌: निकासी वा पैठारी गरिने खाद्य पदार्थ भए निकासी वा पैठारीकर्ताले नेपाली वा अंग्रेजी भाषामा लेख्नु पर्नेछ। नेपाली वा अंग्रेजी भाषाका अतिरिक्त अन्य कुनै भाषामा पनि त्यस्तो विवरण लेख सकिनेछ।

(४) नेपालभित्र उत्पादन तथा प्रशोधन हुने र नेपाली बजारमा बिक्री वितरण हुने खाद्य: पदार्थमा लगाइने लेबलमा उपदफा (३) बमोजिम लेखिने: भाषा छनौट गर्दा नेपाली भाषालाई प्राथमिकता दिनु पर्नेछ।

(५) उपदफा (३) बमोजिम लेबल नलगाइएको खाद्य पदार्थ नेपालमा पैठारी र बिक्री वितरण गर्न पाइने छैन।

(६) उपदफा /(२) मा जुनसुकै कुरा लेखिएको भए तापनि खुला रूपमा. बिक्री वितरण गरिने तरकारी, फलफूल जस्ता खाद्य पदार्थ बिक्री वितरण गर्दा यस दफामा लेखिएका कुरा उल्लेख गर्न आवश्यक हुने छैन।

तर पैठारी भएका तरकारी र फलफूलको प्याकेजिङ्गमा लेबल लगाउनु पर्नेछ।